४ आश्विन २०८१, शुक्रबार

राष्ट्रपतिद्वारा पुनस्र्थापित संसद अधिवेशन आव्हान,फागुन २३ गते दिउँसो ४ बजे बैठक

प्रकाशित मिति :  1 March, 2021 2:00 pm


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनस्र्थापित प्रतिनिधि सभाको बैठक आव्हान गरेकी छन् ।

मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २३ गते दिउँसो ४ बजे बैठक बस्नेगरि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी हुन् ।
शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले संसद बैठक आह्वानका लागि सिफारिस गरेको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा पुसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

तर, सर्वोच्च अदालतले गत मंगलबार पुनस्र्थापनाको फैसला गरिदिएको छ । सर्वोच्चले पुनस्र्थापनाको फैसला सुनाउँदै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !