२८ पुस २०८१, आइतबार

डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको बिक्री खुल्ला

प्रकाशित मिति :  1 March, 2021 7:22 pm


काठमाडौं । नेपालको लागि एक्स्कर्स मसिनहरूको आधिकारिक बिक्रेता आइएमई अटोमोटिभ्स् प्रा.लिले एक्स्कर्सको हेभिइक्यूपमेन्ट सेगमेन्टमा नयाँ मसिन डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरको विक्री खुल्ला गरेको छ ।

नयाँ मसिन अत्याधिक कार्यक्षमतासहित डिजाईन अरुभन्दा फरक रहेको कम्पनीको दाबी छ ।

अपरेटरलाई काम गर्न सजिलो होस् भनेर ठुलो क्याबिन बनाइनुका साथै फ्युल इफिसेन्सीमा बिशेष ध्यान दिएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । डीजीम्याक्स थ्रीइ ब्याक्होलोडरमा अगाडी रहेको बोनेट हुडलाई इटालीयन क्याबिन डिजाइनबाट साभार गरी बिशेष आकर्षक बनाइएको छ ।

रात्रीकालीन समयमा काम गर्न सजिलो होस् भन्ने उद्देश्यका साथ मेसिनको लाइटिङ्ग सिस्टममा पावरफुल तथा ठुलो साइजका लीड लाइटहरु प्रयोग गरिएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ,“अपरेटर कम्फर्टलाई ध्यानमा राखी आरामदायी सिट र राम्रो भेण्टिलेसन सिस्ट्म जडान गरिएको छ । अगाडी र पछाडी दुबैतिर क्याबिनको झयाल खोल्न सकिनेछ जस्ले गर्दा अपरेटरलाई मेसिन चलाउँदा भिजिबिलिटी राम्रो हुनेछ । स्टेरिङ्ग चलाउँदा सजिलो होस् भनेर आफ्नो इच्छा अनुसार एडजस्ट पनि गर्न सकिने पावर स्टेरिङ्ग दिइएको छ ।”

सहजै मसिन संचालन गर्नलाई स्विच साथै इन्सट्रुमेन्ट बोर्डहरुमा लाइटिङ्गको व्यवस्था गरिएको र टुल्सहरु राख्न एक्स्ट्रा स्पेसको प्रावधान रहेको भनिएको छ । यो मसिन बजारमा उपलब्ध मसिनहरुभन्दा अत्याधुनिक तथा युजर फ्रेण्डल्ली भएको कम्पनीका बिजनेस हेड कुलदीप घिमिरेले बताए । डीजीम्याक्स थ्रीइ चौथो जेनेरेसन फिचर्समा आधारित छ । इक्युपमेन्ट मोनिटरिङ्ग सिस्टम जडान भएको हुँदाँ अपरेटरले मसिन संचालनको क्रममा मसिनको बारेमा सम्पूर्ण जानकारी पाउने छन् ।

नेपालमा एक्स्कर्सको झण्डै ११०० युनिट भन्दा पनि बढि मसिनहरु छन् । आइएमई अटोमोटिम्स प्रा.लिले देशभरका १२ वटै शाखा अन्तर्गत २०१४ देखी एक्स्कर्स कन्ट्रक्सन इक्युपमेन्टका ब्याक्होलोडर, सोइल कम्पयाक्टर, हाइड्रा क्रेनहरु बिक्रि वितरण गर्दै आएको छ । क्रेन सेगमेन्टमा एक्स्कर्स नेपालकै नबर १ ब्राण्ड रहेको र ग्राहकको रोजाई अनुसार मसिनहरु अझै अपग्रेड तथा अपडेट गरेर बजारमा ल्याउँदै जाने घिमिरेले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !