४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

प्रकाशित मिति :  2 March, 2021 12:36 pm


फाईल फोटो

काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ । सरकारले गृहमन्त्री संयोजक र विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरि दुई सदस्यीय वार्ता टोली गठन गरेको हो ।

सरकारका प्रवक्ता पार्वत गुरुङले वार्ता टोलीको घोषणा गर्दै सबै समस्या वार्ताबाटै हुने बताए। उनले प्रतिबन्धको फुकुवा पनि वार्ताकै प्रक्रियामा हुने जानकारी दिए ।


 



प्रतिक्रिया दिनुहोस !