५ आश्विन २०८१, शनिबार

राष्ट्र बैंकका दुई डेपुटी गर्भनरका आकांक्षी मन्त्रीका आफन्तदेखि अर्थ मन्त्रालयका सल्लाहकारसम्म

प्रकाशित मिति :  2 March, 2021 2:50 pm


काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गर्भनरको कार्यकाल सकिएको छ ।

डेपुटी गर्भनरद्वय चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएको हो । रिक्त भएको डेपुटी गर्भनरमा १७ जना कार्यकारी निर्देशकहरू प्रतिस्पर्धामा छन् । राष्ट्र बैंकभित्र वरियताका क्रममा भन्दा सत्ता र शक्ति निकट कार्यकारी निर्देशक नै डेपुटी गभर्नर हुने भएकाले सबैलाई प्रतिस्पर्धी मानिएको हो ।

बहालवाला १७ जना कार्यकारी निर्देशकमध्ये डा. गुणाकर भट्ट, बमबहादुर मिश्र, डा. प्रकाशकुमार श्रेष्ठ, नीलम ढुंगानाको चर्चा छ । त्यस्तै ऋषिकेश भट्ट, मुकुन्द क्षेत्री, भुवन कँडेलको नाम पनि डेपुटी गर्भनरको रुपमा चर्चामा छ ।

भट्ट वरिष्ठताका आधारमा अगाडि छन् भने उद्योगमन्त्री लेखराज भट्टको आफन्त पनि हुन् । उनी नातामा मन्त्री भट्टको नाति पर्छन् । तर भट्ट वैचारिक हिसाबले कांग्रेस निकट मानिन्छन् । त्यस्तै श्रेष्ठ अर्थ मन्त्रालयमा सल्लाहकारका रुपमा रहेका छन् ।

बमबहादुर मिश्र सम्भावित उम्मेद्वार भएपनि कांग्रेस निकट मानिन्छन् । भुवन कँडेल राष्ट्रिय योजना अयोगका उपाध्यक्ष पुष्प कँडेलका आफन्त हुन् । जुनियर भए पनि कँडेल डेपुटी गर्भनरका हिसाबले कडा प्रतिस्प्रधामा देखिएको राष्ट्र बैंक स्रोत बताउँछ । निलम ढुंगानाको पनि तालमेल मिले डेपुटी गर्भनरको सम्भावित उम्मेद्वारका रुपमा राष्ट्र बैंकमा चर्चामा छ ।

वरिष्ठत भए पनि भट्ट र बमबहादुर मिश्र कांग्रेस निकट मानिएकाले धेरै कुरा प्रधानमन्त्रीमा भर पर्नेछ ।

स्रोतले भन्यो, “यो प्रशासनिक पद हो प्रधानमन्त्रीले कांग्रेससँग पद बाँडफाँड गर्नुहुन्छ कि हुँदैन उहाँहरुको नियुक्ति त्यसैमा भर पर्न सक्छ ।”  उद्योगमन्त्रीको नजिक भएकाले गुणाकरलाई भने केही सहज हुने आकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !