५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीद्वारा बिर्तामोडमा ‘प्रदेश गौरव भिलेज’ उद्घाटन

प्रकाशित मिति :  2 March, 2021 5:46 pm


बिर्तामोड। प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को उद्घाटन गरेका छन् ।

भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाखका लागतमा बिर्तामोड–७ मा निर्मित सो ‘ग्राममा’ मा ३७ आवासगृह छन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने बताए ।

नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो बस्तीमा अतिविपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।

नगरप्रमुख शिवाकोटीका अनुसार हालसम्म नगरपालिकाभित्र ३०६ घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको छ । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजनानुरुप २०६ घर निर्माणाधीन रहेको जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !