४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दै

प्रकाशित मिति :  3 March, 2021 10:41 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहको केन्द्रीय समिति बैठक बस्दैछ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि पनि पार्टी विभाजनको वैधानिक मान्यतामा ढिलाईले सरकार गठनमा अन्यौल भइरहेका बेला प्रचण्ड नेपाल समूहले केन्द्रीय समिति बैठक बोलाएको हो । केन्द्रीय सदस्यहरुलाई नागरिकता र परिचय पत्रसहित उपस्थित हुन भनिएको छ ।

यसअघि नै केन्द्रीय सदस्यहरुको नागरिकता र परिचयपत्रसहित हस्ताक्षर संकलन भइसकेकाले छुटेकालाईपनि सोही अनुसार निर्देशन दिइएको छ । केन्द्रीय कार्यालय सचिव गंगालाल तुलाधरले केन्द्रीय कमिटी बैठक बस्नु अघि सचिवालय र स्थायी कमिटी बैठक बसेर कार्यसूची तय गर्ने जानकारी दिए ।

निर्वाचन आयोगले विभाजनको मान्यता नदिएपछि प्रचण्ड नेपाल समूहले आधिकारिकताको दाबी गरेको छ । तर, आयोगले यसबारे अझै निर्णय गर्न सकेको छैन । पछिल्लो समय उक्त समूहले आधिकारिकता छिटो टुंगाउन आयोगलाई दबाव दिँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !