विप्लव नेतृत्व नेकपासँगको वार्ता सकारात्मक : सरकार
प्रकाशित मिति : 3 March, 2021 11:15 am
काठमाडौं । सरकारले विप्लव नेतृत्वको नेकपासँगको वार्ता सकारात्मक भएको बताएको छ ।
आज पहिलो चरणको वार्ता भएपछि प्रतिकृया दिँदै वार्ता टोलीका सदस्य राजन भट्टराईले वार्ता सकारात्मक भएको बताएका हुन् ।
वार्तापछि भट्टराईले भनेका छन्,“नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु ।”
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच पहिलो चरणको वार्ता आज बिहान सम्पन्न भएको छ। वार्ता सकारात्मक दिशाउन्मुख रहेको जानकारी गराउँदछु । pic.twitter.com/eW8jmNN4kG
— Rajan Bhattarai (@Rajanktm) March 3, 2021