५ आश्विन २०८१, शनिबार

कांग्रेस पदाधिकारी बैठक अपराह्न ३ बजे बस्दै

प्रकाशित मिति :  4 March, 2021 10:27 am


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा अपराह्न ३ बजे पदाधिकारी बैठक बोलाएको कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

फागुन २३ गते आह्वान गरिएको प्रतिनिधिसभा बैठकमा नयाँ सरकार गठनको प्रकिया अघि बढ्ने भएपछि यसबारे निर्णय गर्न सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई बैठकमा बाेलाइएकाे जनाइएको छ ।

कांग्रेसले शुक्रबारको संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन तथा उपत्यका नछाड्न आफ्ना सांसदहरूलाई निर्देशन दिइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !