३ आश्विन २०८१, बिहिबार

प्रतिबन्ध हटेपछि सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति

प्रकाशित मिति :  4 March, 2021 10:48 am


फोटो : राजन भट्टराईको ट्वीटबाट

काठमाडौं ।

सरकार र विद्रोही नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको छ ।

सरकार र विप्लव समूहबीच भएको वार्ताबाट सो सहमति भएको   हो ।

विप्लव समूहकाे नेपाल कम्युनिष्ट पार्टीले आफ्नो सम्पूर्ण राजनीतिक विषयका समाधान संवादका माध्यमबाट गर्ने, सबै गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने तथा सरकारले प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायतका विषयमा सहमति भएको हो ।

सहमतिका विषयमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र चन्दले भोलि शुक्रबार विशेष समारोहमा विस्तृत जानकारी गराउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !