३ आश्विन २०८१, बिहिबार

पूर्वसभामुख महरालाई थुनामा राख्ने  जिल्ला अदालतको आदेश  उच्च अदालतद्वारा सदर

प्रकाशित मिति :  19 December, 2019 8:50 pm


काठमाडौं, पुस ३ । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा राख्ने  जिल्ला अदालत काठमाडौंको अादेशलाई  नै सदर गरेको छ ।

साथै महराको मुद्दा एक महिनाभित्र किनारा लगाउन भनेको छ ।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाऊने अदेश पछि  कात्तिक १८ मा डिल्लीबजार कारागार चलान गरिएको थियो ।

पूर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए । तर मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले जिल्लाकै आदेशलाई सदर गरेको छ ।

साथै मुलुकी फौजदारी कार्यविधि नियमावलीअनुसार यो मुद्दा एक महिनाभित्र किनारा लगाउन पनि आदेश पनि दिएको छ ।



प्रतिक्रिया दिनुहोस !