५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका नेता रिहा गर्ने तयारी, महासचिव विप्लवसँग सबै शिर्ष नेता मञ्चमा उपस्थित गराउने प्रयास

प्रकाशित मिति :  4 March, 2021 1:32 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जेल तथा हिरासतमा रहेका नेता कार्यकर्ता छोड्ने प्रकृया सुरु भएको छ ।

सरकारले भोली महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुनेक्रममा सबै शिर्ष नेता रिहा गर्ने तयारी भएको स्रोतले जनाएको छ । प्रतिबन्धपछि नेकपाका सचिवालय सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’, धर्मेन्द्र बास्तोला, केन्द्रीय सदस्य चन्द्रबहादुर चन्द ‘वीरजंग’,ओमप्रकाश पुन, भरत बम लगायतका नेता जेल तथा हिरासतमा छन् ।

आज तीन बुँदे सहमतिसँगै नेताहरु छोड्नका लागि गृहकार्य सुरु भएको हो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भोली सार्वजनिक कार्यक्रममा सबै शिर्ष नेता मञ्चमा राख्ने तयारी छ ।

नेकपाका जेलमा भएको शिर्ष ५ मध्य सुदर्शन र बास्तोला हिरासतमा छन् । प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो,“ रिहाइको प्रकृया त सुरु भइसक्यो, केही मिलाउन बाँकी छ ।”

भोली २ बजे प्रधानमन्त्री केपी शर्मा र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले काठमाडौंमा संयुक्त सम्बोधन गर्दैछन् । महासचिव विप्लवसँगका शिर्ष नेता मञ्चमा देखिनेछन् ।



प्रतिक्रिया दिनुहोस !