३ आश्विन २०८१, बिहिबार

प्रदेश -५ भित्रका नेकपा जिल्ला कार्यालय सचिवहरुलाई कार्यालय ब्यवस्थापन तालिम

प्रकाशित मिति :  19 December, 2019 9:05 pm


काठमाडौं, पुस ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश -५ ले प्रदेशभित्रका जिल्ला कार्यालय सचिवहरुलाई कार्यालय ब्यवस्थापन तालिम दिएको  छ ।

दाङको लमहीमा कार्यालय सचिवहरूलाई राजनीतिक र प्राविधिक प्रशिक्षण दिइएको हो ।

नेकपा प्रदेश नम्बर ५ का कार्यालय सचिव बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश सचिव जगप्रसाद शर्माले पार्टी सञ्चालनलाई प्रबिधिसँग जोडेर लैजानुपर्नेमा  जोड दिनुभयो ।

सबैतिर सूचना प्रबिधिको प्रयोग भए पनि पार्टी कामको यसको कम प्रयोग भइरहेको भन्दै प्रदेशभित्रका सबै कार्यालयहरु ब्यवस्थित गर्न  तालिम आयोजना गरिएको शर्माको  भनाई यसले थीयो । सबै जिल्लाका कार्यालय ब्यवस्थापनमा सहयोग पुग्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा मधु आचार्य र बालकृष्ण पाण्डेले कार्यालय ब्यवस्थापनमा सूचना प्रविधिको प्रयोगबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सञ्चालन नेकपा ५ नम्बर प्रदेशका संगठन विभाग प्रमुख भूमिश्वर ढकालले गर्नुभएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !