५ आश्विन २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका नेता बमलाई काठमाडौं ल्याइयो

प्रकाशित मिति :  4 March, 2021 3:03 pm


काठमाडौं । विप्लव नेतृत्वको नेकपाका नेता भरत बमलाई काठमाडौं ल्याइएको छ ।

उनलाई आज बिहान काठमाडौं ल्याइएको हो । पुर्पक्षका लागि बर्दिया कारागारमा रहेको बमलाई काठमाडौं ल्याएर सेन्ट्रल जेलमा राखिएको छ । बर्दिया कारागारमा सेवा सुविधा लगायत माग उठाएका बमलाई काठमाडौं सरुवा गरिएको हो ।

बमले जेलमा भेटका क्रममा नेकपा निकट पत्रकारहरूसँग आफूले जेल सुधारको माग राखेपछि सरुवा गरिएको बताएका छन् । यद्यपी आफूले माग गरेका विषय भने कारागारमा पुरा भइसकेको जानकारी गराए ।

विप्लव नेकपामाथि प्रतिबन्ध लागेपछि बम पक्राउ परेका थिए । उनी पोलिटब्यूरो सदस्य थिए । जेलभित्रको अनियमिताको कुरा बाहिर आउने भएपछि आफूलाई सरुवा गरिएको उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !