५ आश्विन २०८१, शनिबार

सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमतिसँगै सेयर बजारमा उछाल

प्रकाशित मिति :  4 March, 2021 3:49 pm


काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच सहमति भएकै दिन सेयर बजारमा उछाल देखिएको छ ।

लगातार ओरालो लागेको सेयर बजार साताको कारोबारको अन्तिम दिन ९०.६७ अंकले बढेर २५०६.६८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १४.६७ अंकले बढेर ४५१.४६ अंकमा पुगेको हा ।

आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये सबै उपसमूहको सेयरमा उछाल आएको छ ।

त्यसैगरी, बिहीबार कारोबारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अगाडि रहँदा ६ वटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आज सुर्योदय लघुवित्त, लिवर्टी इनर्जी कम्पनी र चन्द्रागिरि हिल्स कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ भने किसान लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउने शीर्ष ५ कम्पनीभित्र परेका छन् ।

कूल २०६ वटा कम्पनीको एक करोड ६६ लाख २२ हजार ७ सय ६३ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५ करोड ८१ लाख ४ हजार ३ सय १७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !