५ आश्विन २०८१, शनिबार

ज्योति विकास बैंकद्वारा दुई अस्पताललाई बेबी वार्मर प्रदान

प्रकाशित मिति :  4 March, 2021 4:51 pm


काठमाडौं । ज्योति विकास बैंकले बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धि हाम्रो विकास प्रबर्द्वन कोष बाट बेनी अस्पताल, बेनी नगरपालिका वडा नं। ८ (म्याग्दी) र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, ढोरपाटन नगरपालिका वडा नं- १(बाग्लुङ) लाई एक-एक थान बेबी वार्मर प्रदान गरेको हो।

बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्यमा आयोजित कार्यक्रममा राष्ट्रिय आविष्कार केन्द्र र ज्योति विकास बैंकद्वारा संयुक्तरुपमा सो बेबी वार्मर प्रदान गरिएको हो। बेबी वार्मरले नवजात शिशुको शारिरिक तापक्रम उचित बनाई राख्न सहयोग गर्दछ।

बेनी अस्पतालमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बेनी शाखाका शाखा प्रबन्धक दिपेन्द्र शर्मा र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महिप के.सी. द्वारा संयुक्त रुपमा बेनी अस्पताल विकास समितिका अध्यक्ष  बेल बहादुर कटुवाललाई सो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट ब्राण्डिङ तथा कर्पोरेट कम्युनिकेसन विभागका प्रमुख कुशल जगं अधिकारी र राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट सुनिल बानियाँ द्वारा संयुक्त रुपमा अस्पताल संचालक समितिकी सदस्य सीता कंडेल र डा.मिलन मल्ललाईसो बेबी वार्मर औपचारिक रुपमा हस्तान्तरण गरिएको हो।

नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मरबाट बेनी अस्पताल र बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रुपमा लाभान्वित हुनेछन्।

बैंकले हाम्रो विकास प्रवर्द्धन कोष मार्फत् राष्ट्रिय आविष्कार केन्द्र सँगको सहकार्यमा हालसम्म जम्मा १० वटा बेबी वार्मर प्रदान गरिसकेको छ।



प्रतिक्रिया दिनुहोस !