सरकारद्वारा विप्लव समूहमाथि प्रतिबन्ध फुकुवा
प्रकाशित मिति : 4 March, 2021 7:22 pm
काठमाडौं । सरकारले ३ बुँदे सहमतिसँगै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माथिको प्रतिबन्ध फुकुवा गरेको छ ।
गृहमन्त्री रामबहादुर थापा (बादल) र विप्लव समूहका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वको वार्ता समूहबीच बुधबार सहमति भएअनुसार नै बिहीबारको मन्त्रिपरिषद् बैठकले विप्लव समूह माथिको प्रतिबन्ध फुकुवा गरेको हो ।