५ आश्विन २०८१, शनिबार

विप्लव काठमाडौंमा, प्रधामन्त्री ओलीसँगै एउटै मञ्चबाट सम्बोधन गर्ने

प्रकाशित मिति :  5 March, 2021 8:05 am


फाइल फोटो

काठमाडौं । सरकारसँग सहमतिसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौं आएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगै एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम तय भएपछि विद्रोही नेकपाको नेतृत्व गरिरहेका महासचिव विप्लव काठमाडौं आएका हुन् । झण्डै तीन वर्षपछि उनी सार्वजनिक हुँदैछन् ।

हिजो सहमति भएसँगै नेकपामाथिको प्रतिबन्ध सरकारले फुकुवा गरेको छ भने जेल र हिरासतमा भएका नेता कार्यकर्ता रिहाको प्रकृया अगाडि बढेको छ । हिंसात्मक गतिवधि गरेको भन्दै विप्लव नेतृत्वको नेकपामाथि सरकारले २०७५ फागुन २८ गते प्रतिबन्ध लगाएको थियो ।

तर, सरकारसँग हिजो सहमति भएसँगै मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध हटाएको छ । आज प्रधानमन्त्री ओली र महासचिव विप्लवले दिउँसो २ बजे संयुक्त कार्यक्रम गरेर एउटै मञ्चबाट सम्बोधन गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस !