५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्रीलाई भेट्न विप्लव बालुवाटार जाँदै

प्रकाशित मिति :  5 March, 2021 11:37 am


काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ को पहिलो भेट काठमाडौंमा प्रधानमन्त्री ओलीसँग हुने भएको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विद्रोही नेकपाको नेतृत्व गरेका नेकपाका महासचिव विप्लव प्रधानमन्त्रीसँग भेटका लागि बालुवाटार आउने पुष्टि गरे । उनले लुम्बिनी सञ्चारसँग भने, “प्रधानमन्त्रीसँग उहाँको बालुवाटारमा भेट हुने कुरा छ तर आइपुग्नुभएको छैन ।”

दुबैले दिउँसो २ बजे राष्ट्रियसभा गृह संयुक्त सम्बोधन गर्दैछन् । सम्बोधन अघि दुबै जनाबीच बालुवाटारमा छलफल हुने छ र सिधै सभा गृह जाने छन् । हिजो दुबै पक्षबीच सहमति भएको थियो ।

सहमति सँगै सरकारले प्रतिबन्ध फुकुवा गरेको छ भने नेता कार्यकर्ता रिहा हुन सुरु गरेका छन् । आज हुने सार्वजनिक कार्यक्रममा सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र विद्रोही नेकपाको तर्फबाट विप्लवले सहमतिमा हस्ताक्षर समेत गर्ने कार्यक्रम छ ।

 



प्रतिक्रिया दिनुहोस !