कालिका लघुवित्तद्धारा १० प्रतिशत बोनस सेयर दिने घोषणा
प्रकाशित मिति : 5 March, 2021 1:00 pm
काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर धनीलाई १० प्रतिशत लाभाशं दिने घोषणा गरेको छ ।
हिजो बिहीबार कम्पनी संचालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आफ्ना सेयधनीलाई प्रतिसेयर १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृतपछि आगामी वार्षिक साधारणभासबाट पारित गरेपछि मात्रै सेयरधनीहरुलाई वितरण गरिनेछ ।