५ आश्विन २०८१, शनिबार

विप्लव माओवादी नेता-कार्यकर्तामाथि लागेको सम्पूर्ण मुद्दा खारेज

प्रकाशित मिति :  5 March, 2021 3:12 pm


काठमाडौं ।

विप्लव माओवादी नेता कार्यकर्तामाथि लागेको सम्पूर्ण मुद्दा खारेज भएको छ ।

सहमति पत्रमा दुवै पक्ष देशका राजनीतिक समस्या वार्ता र संवादबाट समाधान गर्ने, नेकपाले आफ्ना सबै राजनीतक क्रियाकलाप शान्तिपूर्णरुपमा सञ्चालन गर्ने र सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्ने र सम्पुर्ण मुद्दा खारेज गरिने उल्लेख छ ।

राष्ट्रिय सभामा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव विप्लवको उपस्थितिमा तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र विप्लव समूहका तर्फबाट खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !