५ आश्विन २०८१, शनिबार

विप्लवले साहसिक कदम चाल्नु भएको छ, नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छः ओली

प्रकाशित मिति :  5 March, 2021 3:42 pm


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासविच विप्लव नेतृत्वको पार्टी शान्ति प्रक्रियामा आउनु साहसिक कदम रहेको बताएका छन्

विप्लव ओली दुबैले सहमति पत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गरेका छन् । राज्य र पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् ।

ओलीले आजको कामको ठूलो उपलब्धि नेपालमा हिंसात्मक द्वन्द्व सकिएको र शान्तिपूर्ण मुलुकको दिशामा अगाडि बढेको बताएका छन् ।

”यही कदमबाट उहाँले जनताको मन जित्नु भएको छ, यो फोर्स, क्रयास ल्यान्डिङ हैन, सेफ ल्यान्डिङ हो,” उनले भने ।



प्रतिक्रिया दिनुहोस !