नेपालका कम्युनिष्ट शान्तिका दूत हुन्ः विप्लव
प्रकाशित मिति : 5 March, 2021 4:08 pm
काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले नेपालका कम्युनिष्टहरु शान्तिका दूत रहेको बताएका छन् ।
सरकार र नेकपाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरिएसँगै सार्वजनिक भएका उनले शान्तिपूर्ण तरिकाले राजनैतिक मुद्दा अगाडि बढाउने बताएका छन् ।
सहिदका सपना पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले तीन वुँदे सहमतिको पूर्ण पालना गर्ने बताएका छन् ।