५ आश्विन २०८१, शनिबार

परिसंघको ‘मेक इन नेपाल’ अभियानको राष्ट्रपति भण्डारीद्धारा प्रशंसा

प्रकाशित मिति :  5 March, 2021 6:52 pm


काठमाडौं । नेपाल उद्योग परिसंघले व्यापकरुपमा अगाडी बढाएको मेक इन नेपाल–स्वदेशी अभियानको सफलताको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना व्यक्त गरेकी छन् ।

आज राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको छलफलमा राष्ट्रपति भण्डारीले आफ्नो अन्तरआत्मामा लागेको विषयलाई परिसंघले उठाएको भन्दै धन्यवाद व्यक्त गरिन् ।

यस अभियानलाई सफल बनाउनको लागि नेतृत्व वर्गबाट राष्ट्रिय दृष्टिकोण र वैचारिक स्पष्टता हुनु पर्ने उनको जोड थियो । निजी क्षेत्र र सरकारबीचमा औद्योगिक वातावरण र उद्योग विकासको कुरामा समान धारणाको विकास हुनु पर्ने वताइन् ।

राष्ट्रपति भण्डारीले स्वदेशी उत्पादनलाईनै सरकारले प्रवद्र्धन गर्नका लागि स्वदेशी सामानको खरिदमा पन्ध्र प्रतिशतसम्म महंगो भए पनि खरिद गर्ने व्यवस्था गरेकोको प्रसंग उल्लेख गर्दै आत्मनिर्भरता र अन्तरनिर्भरता दुबै संस्कारको रुपमा अगाडी बढीरहेको धारणा व्यक्त गरिन् ।

राष्ट्रपतिबाट कतिपय उत्पादनहरु देशका मौलिक पहिचानसँग सम्बन्धित भए पनि स्वदेशमा उत्पादन नभएको तर्क राख्दै उद्योगी व्यवसायीहरुले त्यसतर्फ पनि ध्यान पुर्‍याउनु पर्ने सुझाव दिनु आएको परिसंघले जनाएको छ ।

नेपालमा धेरै क्षेत्रमा दक्ष र अदक्ष कामदारहरुको टड्कारो आवश्यकता देखिएको बताउँदै नीजि क्षेत्रले दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान पु¥याउनु पर्ने राष्ट्रपति भण्डारीको भनाइ थियो । राष्ट्रपतिबाट नीजि क्षेत्र स्पष्ट भएर अगाडी आउनु पर्ने र आयात विस्थापन गर्नको लागि पूर्वाधार तयार गर्न उनले सुझाव दिइन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघले अगाडी सारेको यो अवधारणामा सरकारको साथ र सहयोगको आवश्यकता रहेको बताउँदै यस अभियानले आम जनताको सोचमा परिवर्तन ल्याई स्वदेशी उत्पादनमा गर्व गर्नुपर्ने धारणा राखिन् ।

अभियानले मुलुकको औद्योगिक विस्तार, थप रोजगारीको सृजना र उत्पादन वृद्धि गरी स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन थप सहयोग पुर्‍याउने अध्यक्ष मोरको धारणा थियो ।

परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाले स्वदेशी अभियान के हो र यस अभियानलाई अगाडी बढाउनको लागि परिसंघको अवधारणा प्रस्तुत गरेकी थिइन् । छलफलमा परिसंघको तर्फबाट परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले परिसंघले अगाडी सारेको यस अवधारणालाई सरकाले स्वामित्वबोध गरी औद्योगिक वातावरण सृजना गर्नको लागि सघाउनु पर्ने वताए ।



प्रतिक्रिया दिनुहोस !