५ आश्विन २०८१, शनिबार

प्रचण्ड संसदीय दलको नेता चयन

प्रकाशित मिति :  5 March, 2021 7:10 pm


काठमाडौं ।  प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेतामा चयन भएका छन् । आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई दलको नेता चयन गरेको हो ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको बैठकले पूर्वप्रधानमन्त्री प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

सोही पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रस्ताव र सांसद पम्फा भूसालको समर्थनमा प्रचण्ड संसदीय दलको नेतामा चयन भएका हुन् ।

प्रचण्ड नेपाल समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलार्ई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो । समूहका २५ प्रतिशत सांसदले दलको बैठक माग गरेका थिए । दलको नेता, उपनेता स्वतःनरहेको अवस्था पैदा भएको हुँदा २५ प्रतिशत सांसदले दलको बैठक डाक्न सक्ने प्रावधानका आधारमा आज बैठक बसेको गुरुङले बताए ।

बैठकले प्रतिनिधिसभा विघटन गर्ने गत पुस ५ गतेको सरकारको निर्णयको भत्र्सना र पुनःस्थापना गराउने सर्वोच्च अदालतले दिएको परमादेशको स्वागत गरेको   छ ।

बैठकले प्रतिनिधिसभा विघटनका विरुद्धमा अग्रपङ्क्तिमा रहेर साथ दिने विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशाकर्मी, सञ्चारकर्मीलगायतलार्ई धन्वाद दिने निर्णय गरेको सचेतक गुरुङले जानकारी दिए ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलार्ई असंवैधानिक ठहर्‍याएकाले प्रधानमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुुपर्ने माग पनि गरेको छ ।

दलको बैठकले सरकार र विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिको भने स्वागत गरेको छ ।

यस्तै ताप्लेजुुङमा भएको आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलार्ई तत्काल उचित राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ । बैठकमा संसदीय दलको बहुमत सदस्यको उपस्थिति रहेको सचेतक गुुरुङको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस !