६ आश्विन २०८१, आइतबार

विवेकशील साझा पार्टीका नेता मिश्रद्धारा विपन्न परिवारलाई खाद्यान्न सहयोग प्रदान

प्रकाशित मिति :  5 March, 2021 9:53 pm


काठमाडौं ।  विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नं. ६ पेटभार्वा टोलका परिणा महरा चमारको परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

परिणाका १२ वर्षीय छोरा दुखा चमार र ९ वर्षीया छोरी सियापती चमार पूर्ण रुपमा अपाङ्ग छन् भने आर्थिक अवस्था समेत कमजोर छ । पत्रकार अभिमन्यू पटेलले परिणाको परिवारको आर्थिक अवस्थाबारे सामाजिक सञ्जालमा लेखेपछि सचिवालय सदस्य मिश्रले सहयोगको घोषणा गरेका हुन् ।

गौर नगरपालिका वडा नं. १ निवासी मिश्रले तत्कालका लागि एक क्विन्टल चामल, २० केजी आलु,२ केजी दाल, ३ केजी नुन र एक लिटर खाने तेल सहयोग गरेका छन् । मिश्रले हरेक ६/६ महिनामा खाद्यान्न सहयोगलाई निरन्तरता दिने घोषणा समेत गरेका छन् ।

पत्रकार पटेलले मिश्रबाट प्राप्त सहयोग आजै चमारको परिवारलाई सहयोग हस्तान्तरण गरेका छन् । उनले थप सहयोगका लागि अन्यलाईपनि आग्रह गरेका छन् । उनले भनेका छन्, “आर्थिक अवस्था कमजोर भएको हुनाले असाय परिवारलाई व्हिल चियर,खाद्यान्न र कपडाको लागि दातृ निकायसँग बिनम्रतापूर्वक आग्रह छ ।”



प्रतिक्रिया दिनुहोस !