५ आश्विन २०८१, शनिबार

विप्लवद्वारा राजनीतिक भेटघाट सुरु, गृहमन्त्री बादलसँग छलफल

प्रकाशित मिति :  6 March, 2021 11:15 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका छन् ।

गृहमन्त्री थापाको सरकारी निवास पुल्चोक ललितपुर पुगेर महासचिव विप्लवले गृहमन्त्री ‘बादल’सँग छलफल गरेका हुन् ।

हिजो सार्वजनिक कार्यक्रममा उपस्थित हुनुभन्दा पहिले विप्लवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।  छलफलपछि दिउँसो राष्ट्रियसभा गृहमा भएको सहमति सम्झौता हस्ताक्षर समारोहमा उपस्थित भएका थिए ।

विप्लवले आज दोस्रो राजनीतिक भेट बादलसँग गरेका हुन् । केन्द्रीय सदस्य चन्द्रबहादुर खड्कासहित पुगेका विप्लवले बादलसँग छलफल गरेका छन् । स्रोतका अनुसार महासचिव विप्लवले सबै राजनीतिक दलका नेतासँग भेटघाटको तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !