५ आश्विन २०८१, शनिबार

असाधारण र दुरगामी महत्वका काम गर्दापनि प्रधानमन्त्री ओली घेराबन्दीमा : मुख्यमन्त्री पोख्रेल

प्रकाशित मिति :  6 March, 2021 12:02 pm


काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रको जीवनमा असाधारण र दुरगामी महत्वका काम गर्दापनि प्रधानमन्त्री ओली चौतर्फि घेराबन्दीमा परेको बताएका छन् ।

ओलीले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य समेत रहेका मुख्यमन्त्री पोख्रेलले प्रधानमन्त्री ओली चौतर्फी घेराबन्दीमा रहेको उल्लेख गर्दै भनेका छन्,“पार्टी एकता संकटग्रस्त बनेको छ । राष्ट्रिय राजनीति पुनः अस्थिर र अन्योलग्रस्त बनाईदैछ । सबैपक्ष गंभीर र जिम्मेवार बनौं ।”

विश्वास गुमेको अवस्थामा संविधानसभावाट नयाँ संविधानको निर्माण, जातीय क्षेत्रीय अतिवाद र विखण्डनवादको वैचारिक रुपमा सामना, भारतीय नाकावन्दीको सामना र सफलता तथा चीनसँगको ऐतिहासिक पारवान सम्झौताबाट भविष्यमा नाकावन्दी नहुने परिस्थितिको निर्माण गरेको भन्दै यसलाई मुख्यमन्त्री पोख्रेलले ओलीको असाधारण र दुरगामी महत्वका काम भनेका छन् ।

नेकपा (एमाले)को नेता भएपछि पार्टीको लोकप्रियतामा वृद्धि, सफल चुनावी गठवन्धन र ऐतिहासिक पार्टी एकताको नेतृत्व, भारत र चीनसँगको सम्बन्धलाईपनि नयाँ आयाम दिने प्रयासमा प्रधानमन्त्री ओली सफल भएको उनको भनाइ छ ।

अन्तर्राष्ट्रिय स्तरमा नेपालको आवाज सुनिने अवस्थाको सिर्जना, सन् १९५०को असमान सन्धीको पुनरावलोकनमा सैद्धान्तिक सहमति,पूर्वधार विकासमा तिव्रता, रणनीतिक विकास आयोजनाहरु९रेलमार्ग, जलमार्ग,हवाई यातायात, सुरुङमार्ग, उत्तरदक्षिण करिडोर, खानी अन्वेषण र उत्खननको तयारी आदी) को थालनी प्रधानमन्त्रीको महत्वपूर्ण काम भएको मुख्यमन्त्री पोख्रेलको दाबी छ ।

प्रधानमन्त्री ओलीको कार्यकालमा सामाजिक सुरक्षामा नयाँ आयाम योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम, विप्लव र सिके राउतसंगको ऐतिहासिक शान्तिवार्ताको नेतृत्व, छोटो समयमा नयाँ संविधानको सफल कार्यान्वयन र आम स्विकारोक्तिको निर्माण भनेको पनि मुख्यमन्त्री पोख्रेलले दाबी गरेको छन् ।

समाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री ओलीले तराई मधेसको विकासमा तिव्रता, प्राविधिक शिक्षामा जोड र विद्यार्थी भर्ना दरमा उल्लेख्य वृद्धि, सडक मानवरहीत अभियानको नेतृत्व, स्वास्थ पुर्वाधार विकासमा क्रान्ति, कोभिड १९ महामारीको सफलतापूर्वक सामना प्रधानमन्त्री ओलीले गरेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !