५ आश्विन २०८१, शनिबार

नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डद्धारा नक्खु जेलमा रहेका नेता सुर्दशनसँग भेट

प्रकाशित मिति :  6 March, 2021 3:22 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका नेताले नक्खु कारागारमा रहेका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँग भेट गरेका छन् ।

आज नक्खु कारागार पुगेर महासचिव विप्लवसहितका नेतृत्वले ओलीसँग भेट गरेका हुन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएसँगै नेता वली पक्राउ परेका थिए ।
सरकारले २०७४ फागुन २८ गते विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको थियो ।

उक्त प्रतिबन्ध तीन बुँदे सहमतिपछि अस्तिमात्रै सरकारले हटाएको थियो । २०७५ चैत ९ मा काभ्रेबाट पक्राउ परेका थिए ।

सरकारले नेकपाका नेता कार्यकर्ता रिहा गर्न सुरु गरेपनि ओली पुपक्र्षका लागि थुनामा छन् । अदालती प्रकृया पुराएर पुपक्र्षमा रहेका नेता कार्यकर्ता रिहा गर्ने सरकारको तयारी छ ।



प्रतिक्रिया दिनुहोस !