५ आश्विन २०८१, शनिबार

बैंक तथा वित्तीय संस्थाका समस्या समाधानका लागि एउटै टेबलमा बसेर छलफल गरौं : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  6 March, 2021 3:38 pm


काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले बैंक तथा वित्तीय संस्थाका संस्थागत समस्या समाधानका लागि एउटै टेबलमा बसेर छलफल गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

काठमाडौंमा आज भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको पहिलो साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले समस्या समाधान र निस्कर्षमा पुग्न प्रयास गर्नुपर्ने बताएका हुन् ।

बैंकका समस्या समाधानका लागि सम्भव र उचित आधार तयार गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले जनताको समस्या समाधानका लागि नेतृत्वदायी भूमिका खेल्न बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गरेका छन् ।

राज्य, निजी क्षेत्र, बैंक वित्तीय क्षेत्र र राज्यका सबै संरचनाकाबचि सम्वाद र छलफल गरेर मुलुकलाई समृद्धीतर्फ अगाडी बढाउनुपर्ने उनको जोड थियो ।



प्रतिक्रिया दिनुहोस !