५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीले कोराना भाइरस विरुद्धको खोप लगाए, दोस्रो चरणको खोप अभियान सुरु

प्रकाशित मिति :  7 March, 2021 11:10 am


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।

दोस्रो चरणको खोप कार्यक्रमअन्तर्गत प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आज बिहान त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्ज पुगेर खोप लगाएका हुन् ।

प्रधानमन्त्री ओलीले खोप लगाएसँगै दोस्रो चरणको खोप अभियान सुरु भएको छ ।

शिक्षण अस्पताल पुगेर अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयस त्रिपाठीलगायतले पनि खोप लगाएका छन् । दोस्रो चरणको अभियानअन्तर्गत आजदेखि देशभर ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने छ ।

हिमाली भेगका १५ जिल्लामा भने ५५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिनेछ । दोस्रो चरणमा करिब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गरिने स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले जानकारी दिए ।

खोप अभियान छ हजार खोप केन्द्रबाट सञ्चालन हुनेछ । यसअघि गत माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सञ्चालन गरिएको थियो । पहिलो चरणमा ४ लाख २९ हजारलाई खोप प्रदान गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !