६ आश्विन २०८१, आइतबार

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित मिति :  7 March, 2021 11:29 am


रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको

इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए । रानाको घटनास्थलमै मृत्यु भएको खड्काको भनाई छ ।

प्रहरीले ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्दै आएका बलप्रसाद बुढामगरलाई नियन्त्रणमा लिएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !