५ आश्विन २०८१, शनिबार

पुनस्र्थापित प्रतिनिधि सभाको बैठक आजदेखि

प्रकाशित मिति :  7 March, 2021 12:12 pm


फाइल फोटो

काठमाडौं । पुनस्र्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको बैठक आज अपराह्न ४ बजेका लागि आह्वान गरेकी छन् ।

बैठकका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको संसद सचिवालयले जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्र विवाद चर्किदै गएपछि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

तर सर्वोच्च अदालतमा रिट परेपछि झण्डै २ महिनाको बहसपछि अदालतले फागुन ११ गते संसद पुनस्र्थापनाको फैसला गरेको थियो । फैसलापछि मन्त्रिपरिषद्को सिफारिमा राष्ट्रपति भण्डारीले बैठक आव्हान गरेकी हुन् ।

प्रतिनिधि सभा विघटन लगत्तै नेकपा विभाजित भएपनि वैधानिक रुपमा टुंगिएको छैन ।

एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन् । दुबै समूहले संसदीय दलको नेता, प्रमुख सचेतक छुट्टा छुट्टै चयन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !