५ आश्विन २०८१, शनिबार

नेकपाका महासचिव विप्लवद्वारा पूर्वसभामुख महरासँग भेट

प्रकाशित मिति :  7 March, 2021 12:22 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रचण्ड-नेपाल समूहले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग भेट गरेका छन् ।

फागुन २१ गते सार्वजनिक भएलगत्तै खुल्ला भएका महासचिव विप्लवले आज नेता महरालाई भेटेका हुन् । विप्लव खुल्लाभएदेखि नै राजनीतिक भेटघाटमा लागिरहेका छन् ।

फागुन २१ गते काठमाडौं आएलगत्तै सार्वजनिक कार्यक्रममा सहभागि हुनुअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको थिए । हिजो गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट गरेका उनले संयुक्त रणनैतिक मोर्चामा रहेका दलका नेतासँग छलफल गरेका थिए ।

पूर्वसभामुख महरा विप्लवका विद्यालयकालका शिक्षक तथा राजनीतिक गुरु समेत हुन् ।



प्रतिक्रिया दिनुहोस !