३१ भाद्र २०८१, सोमबार

रियलमीले घटायाे बजार मूल्य, १२८ जीबी इन्टरनल मेमोरीसहितकाे रियलमी सिक्स आई २४ हजारमै

प्रकाशित मिति :  7 March, 2021 3:26 pm


काठमाडौं । स्मार्टफोनको क्षेत्रमा छोटो समयमै लोकप्रियता कमाएकाे मोबाइलफोन रियलमीको ‘मिड–रेन्जर’ फोन रियलमी सिक्स आईको नेपाली बजारमा मूल्य घटेको छ । रियलमी सिक्स आईको मूल्य घटेपछि अब नेपाली बजारमा यो फोन २३ हजार ९९० मै उपलब्ध हुने भएको छ ।

पाँचौँ संस्करणको व्यापक सफलता पछि क्यामेरा, पर्फमेन्स र विशेषतामा व्यापक सम्पादनका साथ कम्पनीले छैठौँ संस्करणको यो मोबाइल फोन बजारमा ल्याएको थियो ।

‘मिडियाटेक हेलियो जी ८० प्रोसेसरलाई विश्वमै पहिलोपटक यस मोबाइल फोन मार्फत प्रयोगमा ल्याइएको थियो । रियलमी सिक्स आई मा शक्तिशाली र द्रूत प्रदर्शनका कारण मूलधारका र अनलाइन गेम रुचाउने प्रयोगकर्ताका माझ रुचाइएको छ ।

‘हेलियो जी८०’को प्रोसेसर प्रयोग गरिएको यो फोन अब किन्न चाहने नयाँ ग्राहकले ४/१२८ जीबी भेरियन्टमा २३ हजार ९९० मा रियलमी ६ आई खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

अक्टाकोरको सीपीयु प्रयोग गरिएको छ यस फोनको पर्फमेन्स २ गिजा हर्जसम्म एकलकोरको भन्दा ३५ प्रतिशत बढी र अघिल्लो संस्करणको फोन भन्दा १७ प्रतिशत उत्कृष्ट रहेको कम्पनी दाबी छ । मलि–जी ५२ जीपीयुको प्रयोगका कारण पर्फमेन्स २५ प्रतिशतसम्म वृद्धि हुन सक्ने कम्पनीले जनाएको छ ।

४८ एमपी क्यामेरा राखिएको फोनको सेन्सरले उत्कृष्ट तस्वीर स्पष्ट खिच्ने छ । मुख्य क्यामेरामा ११९ डिग्री पर्ने गरी ८ एमपी अल्ट्रावाइड लेन्स, २ एमपी प्रोट्रेट र २ एमपी माइक्रो लेन्स मिलाएर सहायक लेन्सका रुपमा प्रयोग गरिएको छ । माेबाइलकाे फूलस्क्रिनले भिडियो हेर्दा र गेम खेल्दा प्रत्यक्ष अवलोकन गरिरहे जस्तो शानदार अनुभूति प्रदान गर्दछ । ५  हजार एमएएचको टिकाउ र भरपर्दो ब्याट्रीले १८ वाट फास्ट चार्जिङको सुविधा प्रदान गरेको कम्पनीले जानकारी दिएको छ ।

यो फोन हरियो र सेतो गरी दुई नयाँ कलरमा उपलब्ध छ । रियलमीआई ६ को दोस्रो संस्करणको फोन एन्ड्रोइड १० चाँडै नै बजारमा ल्याउने तयारी कम्पनीले गरेको छ ।



प्रतिक्रिया दिनुहोस !