५ आश्विन २०८१, शनिबार

सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँतायो

प्रकाशित मिति :  7 March, 2021 3:35 pm


काठमाडौं । सर्वोच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको छ ।

तत्कालन एमाले र माओवादी केन्द्र एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको थियो । निर्वाचन आयोगमा एकिकरणपछि दर्ता भएको दलको नाम मिलेको भन्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र साविककै अवस्थामा भएको फैसला सुनाएको हो ।

सर्वोच्च अदालतले भनेको छ,“निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी(एकीकृत माक्र्सवादी लेनीनवादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकिकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धि ऐन तथा नियम विपरित नहुने गरी निर्णय गर्नू गराउनू भनि विपक्षीमध्यका निर्वाचन आयोगका नाममाम परमादेश समेत जारी गरिदिएको छ ।”



प्रतिक्रिया दिनुहोस !