५ आश्विन २०८१, शनिबार

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान, महासचिवमा रायमाझी

प्रकाशित मिति :  7 March, 2021 4:55 pm


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा पवनकुमार गोल्यान निर्वाचित भएका छन् ।

आज सम्पन्न प्रथम बार्षिक साधारण सभाबाट सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको चयन भएको संघले जनाएको छ ।

गोल्यान एनएमबी बैंका अध्यक्ष हुन् । यस्तै वरिष्ठ उपाध्यक्षमा वाणिज्य बैंक तर्फ भोजबहादुर शाह, उपाध्यक्षमा विकास बैंकको तर्फबाट राजेश उपाध्य, महासचिवमा केशवबहादुर रायमाझी, कोषाध्क्षमा तुलसीराम अग्रवाल, सचिवमा कुशप्रसाद मल्ली चयन भएका छन् ।

त्यस्तै सह कोषाध्यक्षमा मनोजकुमार केडिया, सदस्यमा पृथ्वीबहादुर पाण्ड,तुलसी प्रसाद गौतम,इच्छा राज तामाङ, उपेन्द्र केशरी न्यौपाने, महेन्द्र कुमार गोयल,दशरथ रिसाल,हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिका अध्यक्ष गोल्यानले कार्यसमितिको आगामी दुई बर्षमा गरिने विषयहरुवारे जानकारी गराउँदै संस्थालाई राष्टकै अभिन्न अंगकोरुपमा स्थापित गरि समग्र आर्थिक विकासमा टेवा पुर्याउने सहयोगी संस्थाकोरुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल सरकार र सम्बन्धित नियामक निकायहरुसँग सहकार्य गर्दै समग्र राष्ट निर्माणका लागि नयाँ सोचसहित अगाडि बढ्ने, देशमा हजारौ साना तथा मझौला उद्यमीहरुको विकास गरी स्वदेशमै आवश्यक रोजगारीका अवसरहरु सृजना गर्न लागिपर्ने विषयमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !