५ आश्विन २०८१, शनिबार

प्रचण्ड-नेपाल समूहद्वारा संसद बैठक बहिष्कार

प्रकाशित मिति :  7 March, 2021 5:36 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड-नेपाल समूहले संसद बैठक बाहिष्कार गरेको छ । पुनस्र्थापित संसद बैठक सुरु भएलगत्तै प्रचण्ड नेपाल समूहका नेता भिम रावलले कार्यसूचीमा अध्यादेशहरु समावेश गरेको भन्दै आपत्ति जनाएका थिए ।

उनले निधन भएका पूर्वसांसदहरुको शोकप्रस्ताव मात्रै कार्यसूचीमा हुनुपर्ने माग राखेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले नियम अनुसार पहिलो बैठकमै अध्यादेश पेश गर्नुपर्ने भन्दै बैठक अगाडि बढाएपछि प्रचण्ड नेपाल समूहले संसद बैठक बहिष्कार गरेको हो ।



प्रतिक्रिया दिनुहोस !