५ आश्विन २०८१, शनिबार

अप्रिलिया एसएक्सआर १६० स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषता

प्रकाशित मिति :  7 March, 2021 5:56 pm


काठमाडौं। इटालियन कम्पनी अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालीले अप्रिलिया एसएक्सआर १६० स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ।

भारतीय बजारमा केही महिना पहिले मात्र सार्वजनिक भएको सो स्कुटर दुगड ब्रदर्सले आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै  बिक्री सुरु गरेको हो ।

४ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको अप्रिलिया एसएक्सआर १६० स्कुटर ग्लसी रेड, म्याट निलो, ग्लसी ह्वाइट र म्याट ब्ल्याक रगंहरुमा उपलब्ध भएको आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा पियाजियो इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक डिएगो ग्राफी र वरिष्ठ उपाध्यक्ष सुधांशु अग्रवाल तथा एमभी दुगड ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक दुगड र भाइस प्रेसिडेन्ट विजय महतोको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै पियाजियो इन्डियाका अध्यक्ष र प्रबन्ध निर्देशक डिएगो ग्राफीले इटालीमा डिजाइन गरिएको उत्कृष्ट शैली, उच्च प्रदर्शन र ठूलो विशेषताको प्रतीक अप्रिलिया एसएक्सआर १६० ले नेपाली प्रिमियम स्कुटर बजारमा नयाँ मापदण्ड सेट गर्ने विश्वास ब्यक्त गरे ।

एमभी दुगड ग्रुपका भाइस प्रेसिडेन्ट विजय महतोले देशभर रहेका थ्रीएस सुविधा सहितका भेस्पा र अप्रिलियाका ३६ आउटलेटमार्फत यो स्कुटर उपलब्ध हुने बताए ।

यस्ता छन् विशेषता

नयाँ ग्लोबल डिजाइन भाषा समावेश गरेको सो स्कुटर एकल सिलिन्डर, ४–स्ट्रोक, एयर–कूल्ड, ३ भल्भ फीउल ईन्जेक्शन (एफआई) कम कार्बन इमिसन ईन्जिन टेक्नोलोजी (बिएसभिआई) लगाएको छ ।

उत्तम सवारी अनुभव र उच्च स्तरको आराम प्रदान गर्न ठूलो, लामो, आरामदायी र एगोनोमिक सीटहरू रचना गरिएको कम्पनीले दाबी छ । स्कूटर १२ भोल्ट, ५.० एएचएमएफ ब्याट्रीको साथ र ७ लिटर ईन्धन क्षमताको साथ रहेको छ ।

स्टाइलिस्ट डिजाइन, एफआई अर्थात फ्युल इन्जेक्सन, बीएस ६ मापदण्डमा आधारित इन्जिन जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्ने कम्पनीले जनाएको छ । एलईडी टेललाईटको क्रिस्टल हेडलाइट, एन्टी लक ब्रेकिङ सिस्टम एबीएस भएको भेन्टिलेटेड डिस्क ब्रेकले उच्च ब्रेक्रिंग सुरक्षा प्रदान गर्ने छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !