५ आश्विन २०८१, शनिबार

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीद्वारा संसदको रोष्ट्रम घेराउ, १० मिनेटका लागि बैठक स्थगित

प्रकाशित मिति :  7 March, 2021 5:57 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीद्वारा संसद बैठक अवरुद्ध गरेका छन् ।

नेपाली कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश संविधानको भावना विपरित रहेको भन्दै फिर्ता लिन माग गरेको थियो । तर सभामुख अग्नि सापकोटाले अध्यादेश बैठकमा पेश गर्न अनुमति दिएपछि दुबै दलले बैठक अवरुद्ध गरेका हुन् ।

रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !