५ आश्विन २०८१, शनिबार

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट

प्रकाशित मिति :  7 March, 2021 6:39 pm


काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबबीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ ।

छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए ।

उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने बाह्रवटा मूलुकहरूमा व्यापार तथा लगानीका सम्भाव्यताहरूको पहिचान गरी नेपालसँगको व्यापार प्रवद्र्धन तथा देशमा लगानी भित्र्याउने सम्बन्धमा सक्दो पहल गर्ने बताएका छन् ।

दक्षिण अफ्रिकी मूलूकहरूमा रहेका उद्योग व्यवसायसँग आवद्ध संस्थाहरूको पहिचान गरी नेपाल र दक्षिण अफ्रिकी चेम्बरहरुसँगको सहकार्यमा निर्यात प्रवद्र्धन र लगानी विस्तारका क्षेत्रमा सहकार्य गर्ने वातावरण बनाउन पहल गर्ने बताए ।

छलफलमा बोल्दै परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपालले आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राखि कूटनीतिका माध्यमबाट देशमा लगानी भित्र्याउन र निर्यात प्रवद्र्धन गर्न विशेष पहल गर्नु पर्ने बताए । दूतावासहरूले नेपालको उत्पादनहरुलाई प्रदर्शन गर्नको लागि प्रदर्शनी केन्द्रको स्थापना गरी निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन राजदूत विश्वकर्मालाई अनुरोध गरे ।

अध्यक्ष मोरले नेपालमा दक्षिण अफ्रिकाबाट ठूलो मात्रामा कोइला आयात भइरहेको सन्दर्भ उल्लेख गर्दै नेपालबाट पनि हस्तकलाका सामान, पस्मिना, उनिकपडा लगायतका उत्पादनहरुलाई निर्यात गर्नको लागि पहल गर्नु पर्ने धारणा राखे ।

स्वदेशमानै औद्यागिकरणको माध्यमबाट रोजगारी सृजना गर्ने र लगानीमैत्री वातावरण तयार गर्नको लागि परिसंघ निरन्तर लागिरहेको उल्लेख गर्दै अफ्रिकी मूलकबाट पनि लगानी भित्र्याउन सकिने बताए । यसकोलागि परिसंघको रिसर्च सेलले नेपाल र दक्षिण अफ्रिका बीचको व्यापार तथा लगानीका क्षेत्रमा अध्ययन गरिरहेको जानकारी गराए ।



प्रतिक्रिया दिनुहोस !