२ माघ २०८१, बुधबार

प्रतिनिधि सभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित

प्रकाशित मिति :  7 March, 2021 6:48 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जसपाका सांसदहरूको विरोधपछि प्रतिनिधि सभाको बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले सूचना टाँसेर बैठक स्थगित गरेका हुन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को प्रचण्ड–नेपाल समूहका सांसदले सुरुमै बैठक बहिष्कार गरेका थिए ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले रोष्ट्रम घेराउ गरेपछि सभामुख सापकोटाले १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । तर, सहमति नभएपछि सूचना टाँसेर संसद बैठक स्थगित गरिएको हो ।

कांग्रेसले संवैधानिक परिषद् सम्बन्धि अध्यादेशको विरोध गरेको छ ।

संविधानको मर्म विपरित ल्याएको संबैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गर्दे प्रतिनिधिसभा बैठकमा नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । विरोधपछि संसद बैठक स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस !