५ आश्विन २०८१, शनिबार

मुक्तिनाथ बैंकका ग्राहकलाई होटल सबरीनामा छुट

प्रकाशित मिति :  7 March, 2021 7:18 pm


काठमाडौं। मुक्तिनाथविकास बैंकले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन बुढानिलकण्ठ स्थित होटल सबरीना सँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीना बाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिदा १०%सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न अन्तर्गत जुन सुकै बैंकबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट समेत गर्न  सकिने व्यवस्था गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस !