५ आश्विन २०८१, शनिबार

प्रधानमन्त्री ओलीले नेकपा एमालेको बैठक बोलाउने, विश्वासको मत लिन तयार

प्रकाशित मिति :  7 March, 2021 9:14 pm


काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशलाई स्विकार गर्दै अव साविक नेकपा एमालेको बैठक आव्हान गर्ने बताएका छन् ।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिँदै सविकको एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि प्रधानमन्त्री ओलीले पूर्वएमालेको बैठक बोलाउने बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलाले मुलुकलाई सहि दिशामा लैजाने दाबी गरेका छन् । आफू पक्षीय सांसदहरुलाई प्रधानमन्त्री ओलीले केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि जानकारी गराएका थिए ।

प्रधानमन्त्री ओलीले विशेषगरी नेकपाको नामबाट जित निकालेका जनप्रतिनिधिलाई जोगाउन वा कानुनी संकट आइपर्न नदिन विशेष निर्णय लिने पनि बताएका छन् ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसका लागि आफू तयार रहेको पनि सांसदहरुलाई सुनाएका थिए ।

बैठकमा सहभागि सांसदहरुका अनुसार प्रधानमन्त्री ओलीले अब बस्ने बैठकमा माओवादी केन्द्रबाट एमालेमा आउन चाहनेहरु र एमालेकै सांसदहरुको मात्रै उपस्थित हुने जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !