४ आश्विन २०८१, शुक्रबार

अमेरिकासँग मिलेर काम गर्न चीन तयार

प्रकाशित मिति :  8 March, 2021 10:55 am


काठमाडौ । चीनले अमेरिकासँग मिलेर काम गर्न तयार रहेको बताएको छ । बिदेशमन्त्री वाङ यीले अमेरिकासँग मिलेर काम गर्न चीन तयार रहेको र दुई देशबीचको सम्बन्धहरूलाई सही बाटोमा ल्याउन मिलेर जानुपर्ने बताएका हुन् ।

पत्रकार सम्मेलनका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडनबीच भएको फोन संवादबारे बोल्दै चिनियाँ विदेशमन्त्री वाङको यस्तो धारणा आएको हो ।

चिनियाँ नयाँ चन्द्र वर्षको पूर्व सन्ध्यामा अमेरिकी राष्ट्रपति बाइडनले चिनियाँ राष्ट्रपति सीलाई बधाई दिन टेलिफोन वार्ता गरेका थिए ।

यी दुई देश विभिन्न सामाजिक प्रणालीका आधारमा फरक भएकाले चीन र अमेरिकाबीच मतभेद र असहमति हुनु स्वाभाविक भएको वाङले बताए ।

महत्वपूर्ण विषय भनेको गलत रणनीतिबाट जोगिन र द्वन्द्व तथा भिडन्तको अवस्थालाई पन्छाउन महत्वपूर्ण संवादको मार्फतबाट व्यवस्थापन गर्नु भएको वाङले बताए ।

चीन र अमेरिकाबीचको प्रतिस्पर्धा पनि अचम्म लाग्दो नभएको बताउँदै बिदेशमन्त्री वाङले दुई देशका स्वार्थहरू एकअर्कासँग जोडिएकोले दुबै देशले न्यायपूर्ण तथा समानताका आधारमा स्वास्थ्य प्रतिस्पर्धामा जानुपर्ने बताए ।

अमेरिकाले चीनलाई आधाबाटोमा आएर भेट्ने र दुई देशबीचको सहयोगका लागि लगाइएको अविवेकी सबै बन्देजहरू सक्दो छिट्टो हटाउने चीनले आशा गरिरहेको छ ।

अमेरिकासँग महामारी विरोधी लडाइँ, आर्थिक क्षेत्रको सुधार र जलवायु परिवर्तनका क्षेत्रहरूमा चीन मिलेर जान तयार रहेको वाङले जनाए ।
ताइवान, हङकङ, झिनजियाङलगायतका विषयमा चीन अमेरिकासम्बन्धका बारेमा सोधिएको प्रश्नको जवाफमा वाङले चीनले यस्ता आधारहीन आरोपहलाई कहिल्यै नस्वीकार्ने बताए ।

अमेरिकाले तथ्यलाई स्वीकार गर्नुपर्ने र लोकतन्त्र तथा मानव अधिकारको नाममा अमेरिकाले कुनै देशको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेन काम बन्द गर्नुपर्ने उनले जनाए ।

“चिनियाँ जनताले चीनको हितमा के सही हो त्यसबारे सही ढङ्गले सोच्न सक्छन” वाङले भनेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस !