५ आश्विन २०८१, शनिबार

दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु

प्रकाशित मिति :  8 March, 2021 11:25 am


दाङ ।  दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

गएराति पश्चिमबाट पूर्वतर्फ जादै गरेको ना ४ ख ९०१६ नम्बरको बस र अनटेष्ट बुलेट मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा रहेका लमही नगरपालिका वडा नम्बर ८ का २३ वर्षीय प्रकाश थापा र ३० वर्षीय तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे तिर नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको लामहरु प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !