५ आश्विन २०८१, शनिबार

विप्लव गृहजिल्ला कपिलवस्तुमा,अनेमसंघ(क्रान्तिकारी) को राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै

प्रकाशित मिति :  8 March, 2021 2:35 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेक्रविक्रम चन्द ‘विप्लव’गृहजिल्ला कपिलवस्तु फुगेका छन् ।

फागुन २१ गते सार्वजनिक भएपछि विप्लवले पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दैछन् । उनले आज अखिल नेपाल महिला संघ(क्रान्तिकारी) को सातौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दैछन् । सम्बोधनका लागि विप्लव हिजो काठमाडौंबाट बाहिरिएका थिए ।

फागुन २० गते सरकारसँग सहमति भएसँगै विप्लव फागुन २१ गते सार्वजनिक भएका थिए ।

काठमाडौंमा सहमतिमा हस्ताक्षर कार्यक्रम समारोहलाई सम्बोधन गर्नेबाहेक विप्लवको यो पहिलो सार्वजनिक कार्यक्रम हो । अनेमसंघ (क्रान्तिकारी)को सातौ राष्ट्रिय सम्मेलन आजदेखि कपिलवस्तुमा सुरु भएको हो ।



प्रतिक्रिया दिनुहोस !