२ माघ २०८१, बुधबार

देशभरका कार्यालयमा धमाधम नेकपा (एमाले)को साइनबोर्ड राख्दै ओली समूहका नेता कार्यकर्ता

प्रकाशित मिति :  8 March, 2021 3:26 pm


काठमाडौं । सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि पूर्वएमाले पंक्तिले धमाधम कार्यालयका साइनबोर्ड फेर्न सुरु गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकताबारे हिजो फैसला गर्दै सर्वोच्च अदालतले तत्कालिन नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) खारेज गर्दै आधिकारिकता ऋषि कट्टेललाई दिएको थियो ।

अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) साविककै अवस्थामा फर्किएको फैसला गरेपछि प्रचण्ड नेपाल समूह असन्तुष्ट छ ।

ओली समूहले भने साविकको नेकपा एमालेको साइनबोर्ड राख्दै खुशीयाली मनाउन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बसेको आफू पक्षीय संसदीय दलको बैठकमा छिट्टै साविक नेकपा एमालेको बैठक बोलाउने बताएका थिए ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) विभाजित भएको छ । विभाजित भएपछि एउटना समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरिरहेका छन् ।

पार्टी आधिकारिकताको विषयमा विवाद चलिरहेका बेला सर्वोच्च अदालतले एकीकरणपछि राखेको नाम खारेज गरेर दुबै पार्टीलाई साविककै अवस्थामा व्युँताइदिएको थियो । पूर्व नेकपा एमालेका कार्यकर्ताले फोन र एसएमएसमा समेत ‘सैपनि एमाले मैपनि’ एमाले भन्दै प्रचार गरिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !