५ आश्विन २०८१, शनिबार

प्रचण्ड–नेपाल समूह भित्रका नेकपा(माओवादी केन्द्र) र नेकपा (एमाले) अलग भएर जाने

प्रकाशित मिति :  8 March, 2021 8:28 pm


काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएपछि प्रचण्ड –नेपाल समूह भित्रका नेकपा(माओवादी केन्द्र) र नेकपा एमाले अलग भएर जाने भएका छन् ।

आज बसेको समूहको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसला कार्यान्वयन गरेर जाने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतको फैसलाप्रति असहमति जनाएपछि कार्यान्वयन गरेर जाने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारलाई प्रतिकृया दिँदै प्रवक्ता नाराणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का रुपमा आजको बैठक अन्तिम भएको बताए ।

प्रवक्ता श्रेष्ठले भने,“पार्टीको नामकोबारेमा रिट निवेदनको दाबी अनुसार फैसला हुँदा हामीले त्यसलाई स्वागत नै गर्ने नै थियौं । तर रिट निवेदनको मागदाबी भन्दा बाहिर गएर कुनै पार्टीको एकता गर्ने वा नगर्ने र एकीकृत पार्टीलाई विभाजन गर्ने जुन फैसला सर्वोच्च अदालतले सुनाएको छ । त्यसप्रति हाम्रो गम्भीर असहमति   छ । यो अस्वभाविक छ , अनुपयुक्त छ , गलत छ, त्यसैले यो फैसलाप्रति हाम्रो गम्भीर असहमति राखेका छौं । सर्वोच्च अदालतको फैसलाप्रति हाम्रो गम्भीर असहमित हुँदाहुँदैपनि अदालतको फैसला आफ्नै ढंगले जाने कुरा स्पष्ट नै छ ।”

उनले यो बैठक नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को रुपमा अन्ति भएको बताए । बैठकले सर्वोच्च अदालतको फैसलाप्रति असहमति समेत जनाएको छ । प्रवक्ता श्रेष्ठले भने ,“फैसलाबारे बैठकले गम्भीर छलफल ग¥यो ।सर्वोच्च अदालतले गरेको फैसला रिट निवेदनको मागदाबी भन्दा बाहिर गएर गरेको राजनीतिक फैसलाको रुपमा लिएको छ ।”

नामबारेमा निष्कर्ष निकाल्नुपर्ने, आदेश गर्नुपर्ने उत्तरदायित्व र जिम्मेवारी हुँदाहुँदै सर्वोच्च अदालतले त्योभन्दा बाहिर गएर फैसला गरेको प्रचण्ड नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ ।

उनले भने,“यस सन्दर्भमा हामीले राजनीतिक रुपमा आफ्नो दृष्टिकोण र विचार राख्ने र कानूनी ढंगले पनि उपयुक्त उपचार खोज्ने प्रकृयापनि अगाडी बढाउने छौं ।”
बैठकले कम्युनिष्टहरुलाई एउटै केन्द्रमा लिएर जाने र बामपन्थी एकताको पहल जारी राख्ने निर्णय समेत गरको छ ।



प्रतिक्रिया दिनुहोस !