४ आश्विन २०८१, शुक्रबार

बंगलादेशमा तेस्रोलिङ्गीद्वारा पहिलोपटक टेलिभिजनमा समाचार वाचन

प्रकाशित मिति :  9 March, 2021 11:02 am


काठमाडौं । बंगलादेशमा तेस्रोलिङ्गीले टेलिभिजनमा समाचार वाचन गरेकी छन् ।

बंगलादेशको बोइशाखी टेलिभिजनले पहिलो तेस्रोलिङ्गी समाचार वाचकमार्फत समाचार प्रसारण गरेको छ । तशनुवा अनान शिशिर नामकी तेस्रोलिङ्गीले तीन मिनेटको समाचार पढेकी छिन् ।

१५ लाख तेस्रोलिङ्गी भएको अनुमान गरिएको बंगलादेशको सो टेलिभिजनमा समाचार पढेर सकेपछि आँखाका आँशु थाम्न सकिनन् ।

माग्ने वा यौनव्यापार वा अपराधकर्ममा जान बाध्य पार्ने गरिएको दक्षिणी एसियाली देश बंगलादेशमा तेस्रो लिङ्गीलाई समाचारबाचकको हैसियतसम्म पुगेको यो पहिलो घटना हो ।

यौन दुराचारीहरूबाट प्रताडित भएकी उनले चार पटक आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्या गर्नबाट आफूलाई आफ्ना पिताले रोकेको २९ वर्षीया शिशिरले बताएकी छिन् । ढाका घर भएकी शिशिरले घर छोडेर नारायणगन्ज शहर पुगिन् । धेरै संघर्ष गरेर उनले स्वास्थ्यमा स्नातकोत्तर गर्ने पहिलो तेस्रोलिङ्गी बन्न पुगिन ।

तेस्रो लिङ्गी समूहको सम्मानका लागि सन् २०१३मा प्रधानमन्त्री शेख हसिनाको सरकारले कानुन बनाएको थियो । उनीहरूलाई तेस्रो लिङ्गी समूहको मतदाताको अधिकार दिइएको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा शिशिरको पहिलो समाचार प्रसारण भएको हो ।

टेलिभिजन कम्पनी बोइशाखीका प्रवक्ता जुल्फिकार अलि मानिकले रूढीवादी देशको दर्शकहरू माझ शिशिरलाई समाचार वाचन गर्न लगाउनु जोखिम लिनु भएपनि यो ऐतिहासिक दिन भएको बताए ।

शिशिरले आफू अन्य टेलिभिजनमा पनि गएको तर आफूलाई अवसर बोइशाखीले दिएको बताइन् ।



प्रतिक्रिया दिनुहोस !