५ आश्विन २०८१, शनिबार

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय कार्यालय धुम्बाराहीमा राखियो नेकपा एमालेको बोर्ड

प्रकाशित मिति :  9 March, 2021 11:29 am


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को  केन्द्रीय कार्यालय धुम्बाराही,काठमाडौंमा नेकपा (एमाले)को बोर्ड राखिएको छ ।

सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि काठमाडौंको धुम्बाराही केन्द्रीय कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को बोर्ड हटाएर नेकपा (एमाले)को बोर्ड राखिएको हो ।

सर्वोच्च अदालतको फैसला लगत्तै हिजोदेखि ओली समूहले जिल्लाका कार्यालयहरुमा नेकपा एमालेको बोर्ड राख्न सुरु गरेको हो । नेकपाको मुख्यालय रहेको धुम्बाराहीको बोर्ड बिहानै फेरिएको छ ।

आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ । आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !